सर्लाहीमा युवकलाई नग्न बनाएर कुटपिट गर्ने एक जना पक्राउ
14 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, चैत्र ३ गते । जिल्ला प्रहरी कार्यालय सर्लाही ले सामाजिक सञ्जालमा भाइरल भएको कुटपिट घटनामा संलग्न एक जनालाई पक्राउ गरेको जनाएको छ। मिति २०८२ फागुन २३ गते दिउँसो करिब ४ बजे कबिलासी नगरपालिका–१०, चमेलीमाई, सर्लाही स्थित फन पार्क नजिक एक युवकलाई नग्न बनाएर कुटपिट गरिएको भिडियो सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। उक्त घटनामा प्रमित कुमार यादव (१९), निवासी चक्रघट्टा गाउँपालिका–९, सर्लाही माथि कुटपिट भएको खुलेको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा संलग्नमध्ये रोहित कुमार यादव लाई प्रहरीले फागुन २९ गते पक्राउ गरेको हो। उनलाई ज्यान मार्ने उद्योग, अपमानजनक तथा अमानवीय व्यवहार र कुटपिट–अंगभंगसम्बन्धी कसुरमा सर्लाही जिल्ला अदालत बाट ५ दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजतलास जारी रहेको जानकारी प्रहरी प्रवक्ता सरोज राई ले दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments