कञ्चनपुरमा १२ वर्षीया बालिकामाथि सामूहिक बलात्कार : दुई जना पक्राउ
1 दिन पहिले प्रकाशित
काठमाडौं, फाल्गुन २८ गते । कञ्चनपुरमा एक १२ वर्षीया बालिकामाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा दुई जना पुरुष पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई अभियुक्तलाई बुधबार नियन्त्रणमा लिएको हो।
पीडित बालिकाका परिवारले दिएको उजुरीमा अभियुक्तहरूले भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि सामूहिक बलात्कार गरेको आरोप लगाएका छन्। उक्त उजुरीका आधारमा प्रहरीले तत्काल कारबाही अघि बढाउँदै दुवै जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
पक्राउ परेका दुवै अभियुक्तलाई हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइसकिएको र कानुनी प्रक्रिया अगाडि बढाइएको छ। मुलुकी अपराद संहिताअनुसार बालिकामाथि जबरजस्ती करणीको कसुर गम्भीर प्रकृतिको रहेको र दोषी ठहरिएमा कडा सजाय हुने व्यवस्था छ।
प्रहरीले यो घटनालाई अत्यन्त संवेदनशील रूपमा लिएको र पीडितलाई न्याय सुनिश्चित गर्न सबै सम्भव प्रयास गर्ने जनाएको छ। यस्ता घटनाप्रति समाजमा चेतना फैलाउनु र बालबालिकाको सुरक्षा बढाउनुपर्ने आवश्यकता स्थानीयहरूले पनि औंल्याएका छन्।
कमेन्ट गर्नुहोस्
view comments