छात्र–छात्राहरुलाई आफ्नो सँस्कृतीबारे जागरुक गराईदै
16 घन्टा पहिले प्रकाशित
धिरेश दत्त
माघ २२ गते बिहिबार ।
जनकपुरधामकै सबैभन्दा पूरानो र प्रतिष्ठित बिद्यालय जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कूलले छात्र–छात्राहरुलाई आफ्नो सँस्कृतीबारे जागरुक गराईदै आफ्नो पहिचान, कला ,सँस्कृती र धर्मलाई संरक्षण गर्ने उदेश्यले भोली शुक्रबारका दिन मातृ–पितृ पूजन दिवस मनाईने भएको छ ।
हाम्रो समाजमा पश्चिमा बिकृतीहरु हावी हुँदै गईरहेको र आफ्नै पहिचान, कला ,सँस्कृती र धर्मलाई बिर्सिदै गईरहेकाले यसलाई संरक्षण गर्ने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्न लागेको सह–प्रधानाध्यापक नरेश प्रसाँईले बताउनुभयो ।
त्यसतै,बिद्यार्थीहरु कलिला उमेरका भएकाले यीनिहरुलाई यस्ता किसिमको कार्यक्रमहरुले तिनिहरुलाई आफ्नो पहिचान, कला ,सँस्कृती र धर्मलाइ कसरी आफ्नो ब्यवहारमा उतार्ने भनी अभिप्ररित गर्ने उदेश्यले यस्ता किसिमका कार्यक्रमहरुको आयोजना गर्न लागेको प्रधानाध्यापक पप्पू अग्रवाल ले बताउनुभयो ।
यो कार्यक्रम श्री योग बेदान्त सेवा समिति जनकपुरधाम र जानकी सेकेन्ड्री बोर्डिङ्ग स्कूलको संयुक्त प्रयासले हुन गईरहेको छ। यस कार्यक्रमा आमा बुवालाई तिनका आफ्नै संतानहरुबाट पूजा गर्न लाईने छ। जसले गर्दा गुरुवर्ग र आमा बुवा प्रति श्रद्घा र भाव जाग्ने छ भनि विश्वास लिईएको छ।
कमेन्ट गर्नुहोस्
view comments