रौतहट नाकाबाट १.४८ लाख नशालु ट्याब्लेटसहित दुई तस्कर पक्राउ

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, माघ १९ गते ।  नेपाल–भारत सीमावर्ती क्षेत्रमा ठुलो परिमाणमा नशालु औषधि नेपाल भित्र्याउने प्रयास भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले विफल पारेको छ। एसएसबीले दुई जना भारतीय नागरिकलाई पक्राउ गर्दै करिब १ लाख ४८ हजार प्रतिबन्धित मनोप्रभावी ट्याब्लेट बरामद गरेको छ।

एसएसबी ७१ औँ बटालियनले विशेष सूचनाका आधारमा भारतको पूर्वी चम्पारणबाट नेपालतर्फ तस्करी हुँदै आएको इलेक्ट्रिक अटो रिक्सा जाँच गर्दा ट्रमाडोल ५० एमजीका ४९५ प्याकेट फेला पारेको हो। ढाका क्षेत्रबाट झरोखरतर्फ ल्याइँदै गरेको औषधि अमवा गाउँ नजिक नियन्त्रणमा लिइएको थियो।

पक्राउ पर्नेहरू भारत, बिहार पूर्वी चम्पारणका २२ वर्षीय तपस कुमार र गुलशन कुमार रहेका छन्। बरामद औषधि र दुवैलाई थप अनुसन्धानका लागि झरोखर प्रहरी चौकीमा बुझाइएको छ। यसैबीच, अर्को अपरेसनमा नेपालबाट भारततर्फ गाँजा तस्करी गर्दै गरेका २२ वर्षीय युवक करिब २ केजी गाँजासहित पक्राउ परेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?