नक्कली भारतीय नोटसहित दुई भारतीय पक्राउ
1 महीना पहिले प्रकाशित
जनकपुरधाम, माघ १४ गते । नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म हेडक्वाटर गौरले नक्कली भारतीय नोटसहित दुई जना भारतीय नागरिकलाई मंगलबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, सितामढी जिल्ला पर्सौनीका ४२ वर्षीय राकेशकुमार साह र सितामढी सिभवर परिषद्–४ का ३० वर्षीय विक्रमकुमार पासवान रहेका छन्। सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेम सागर बिष्टका अनुसार गौर नगरपालिका–२, महादेवपट्टीस्थित सीमा इलाकामा रहेको चेकप्वाइन्ट टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बि आर ३० ए एफ ५७३१ नम्बरको मोटरसाइकलमा सवार दुवै जनालाई जाँच गर्दा नक्कली नोट बरामद गरेको हो।
चेकजाँचका क्रममा ५ सय दरको नक्कली जस्तो देखिने १ थान र २ सय दरको नक्कली जस्तो देखिने १० थान नोटसहित सक्कली भारतीय रुपैयाँ १ सय ७७, मोटरसाइकल र दुई थान एन्ड्रोड मोबाइल बरामद भएको छ। शंकास्पद नोटसहित दुवै व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको सशस्त्र प्रहरीले जनाएको छ। यो घटनाले सीमा क्षेत्रमा नक्कली नोटको कारोबार बढ्दै गएको संकेत गरेको छ भने सशस्त्र प्रहरीले सीमा सुरक्षा र जाँचलाई थप कडाइ गरेको देखिन्छ।
कमेन्ट गर्नुहोस्
view comments