राजविराज अस्पतालमा एचडीयु र एनआइसीयु सेवा पुनः सञ्चालन

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, पुष २४ गते । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा लामो समयदेखि बन्द रहेको एचडीयु र एनआइसीयु सेवा बुधबारदेखि पुनः सञ्चालनमा आएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट अवधेश कुमार मिश्रका अनुसार चिकित्सक, नर्सिङ कर्मचारी, पारामेडिक्स तथा अन्य कर्मचारीहरूको सक्रिय सहयोग, समन्वय र प्रतिबद्धताका कारण यी सेवा सफलतापूर्वक सञ्चालनमा ल्याइएको हो।

नवजात शिशु तथा गम्भीर अवस्थाका बिरामीहरूको उपचारमा अत्यन्तै महत्वपूर्ण मानिने एचडीयु र एनआइसीयु सेवा पुनः सुरु भएसँगै उपचारका लागि आउने सेवाग्राहीलाई ठूलो राहत पुग्ने विश्वास अस्पताल प्रशासनले व्यक्त गरेको छ। सेवा सञ्चालनमा योगदान पुर्‍याउने सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै आगामी दिनमा सेवाको गुणस्तर थप सुधारका लागि निरन्तर सहकार्य अपेक्षित रहेको पनि अस्पतालले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?