धनुषामा APHINको साधारण सभा सम्पन्न : नयाँ कार्यसमिति सर्वसम्मत चयन

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष २१ गते ।  एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (APHIN) धनुषा शाखाको साधारण सभा आइतबार २०८२ पुस २० गते सम्पन्न भएको छ। निर्वाचन अधिकृत तथा प्रमुख अतिथि डा. राम नरेश पण्डितको उपस्थितिमा भएको सभाले ३५ सदस्यीय कार्यसमितिमध्ये निम्न पदाधिकारीहरूलाई सर्वसम्मत रूपमा चयन गरेको छ।

नवनिर्वाचित पदाधिकारीहरू :

१. अध्यक्ष - डा. एस.के. सिंह २. वरिष्ठ उपाध्यक्ष - विकास चन्द्र गुप्ता ३. उपाध्यक्ष - हिरा यादव ४. महासचिव - हरिश्चन्द्र यादव ५. सहसचिव - मुकेश सिंह ६. कोषाध्यक्ष - राहुल सिंहानिया

सदस्यहरू : ७. डा. शम्भु साह ८. डा. जियाउल हक ९. अखिलेश साह १०. चेत नारायण यादव ११. आनन्द मण्डल १२. डा. मुस्ताक अलि

सल्लाहकारहरू : १. डा. आर.एन. पण्डित २. डा. अशोक अधिकारी ३. डा. जामुन सिंह ४. डा. महेश महासेठ ५. डा. रामजी यादव

यो सर्वसम्मत चयनले धनुषाका निजी स्वास्थ्य संस्थाहरूको साझा मञ्च APHINलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साधारण सभामा निजी स्वास्थ्य क्षेत्रका समस्या, सेवा सुधार र सरकारी नीतिसँग समन्वयका विषयमा छलफल भएको जनाइएको छ। 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?