बहुविवाह मुद्दाकी फरार प्रतिवादी पक्राउ
1 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुस १५ गते । बहुविवाह मुद्दामा कैद र जरिवानाको फैसला भएपछि फरार रहेकी एक महिला प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका–५, पथरी टोल निवासी कविता देवी सरदारलाई आइतबार पक्राउ गरेको हो।
सप्तरी जिल्ला अदालतले सरदारलाई बहुविवाह मुद्दामा दोषी ठहर गरी एक वर्ष पाँच महिना १६ दिन कैद र १५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। फैसलापछि फरार रहेकी सरदारलाई सोमबार सप्तरी जिल्ला अदालत, राजविराजमा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो। जिल्ला प्रहरी कार्यालय सप्तरीले फरार प्रतिवादीहरूको खोजतलास र फैसला कार्यान्वयनलाई निरन्तरता दिँदै आएको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments