शिक्षा समाज रूपान्तरणको आधार: सभामुख यादव

8 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुस १५ गते । मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले शिक्षालाई समाज रूपान्तरणको प्रमुख आधारका रूपमा चित्रण गर्नुभएको छ। जनकपुरधामस्थित मोनास्टिक विद्यालय तथा कलेजको ४० औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षाले मात्रै समाजमा वास्तविक परिवर्तन ल्याउन सक्ने बताउनुभयो। सभामुख यादवले मोनास्टिक विद्यालयले विगत चार दशकदेखि दक्ष, अनुशासित र जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै प्रशंसा गर्नुभयो।

कार्यक्रममा सभामुख यादवले शिक्षा क्षेत्रमा समयसापेक्ष प्रविधि, नैतिकता र व्यावहारिक ज्ञानलाई प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो। विद्यालयकी संस्थापक अध्यक्ष विणादेवी साहले विद्यालयको इतिहास र उपलब्धिबारे चर्चा गर्दै समाजलाई शिक्षित र सक्षम नागरिक दिनु नै मुख्य उद्देश्य रहेको बताउनुभयो। विद्यालयका संस्थापक डा. सोनु साहले शिक्षा किताबी ज्ञानमा मात्र सीमित नभई नैतिकता र सीपसँग जोडिनुपर्ने धारणा राख्नुभयो। वार्षिकोत्सवका अवसरमा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत र प्रतिभा प्रदर्शन गरेका थिए भने विद्यालयले विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलाप समेत आयोजना गरेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?