सप्तरीमा बालिका बलात्कार प्रकरण: आरोपित नाबालक पक्राउ
2 दिन पहिले प्रकाशित
जनकपुरधाम, पुष १४ गते । राजविराज नगरपालिका–८ मा एक बालिकामाथि बलात्कार भएको छ। घटनामा संलग्न रहेको आरोपमा एक नाबालकलाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले आरोपित नाबालकलाई नियन्त्रणमा लिइएको पुष्टि गर्नुभएको छ।
पक्राउ परेका नाबालकलाई सप्तरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घटनाको विस्तृत विवरण र पीडितको अवस्थाबारे प्रहरीले थप जानकारी सार्वजनिक गरेको छैन। बलात्कार मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
कमेन्ट गर्नुहोस्
view comments