पर्सामा सशस्त्र प्रहरीद्वारा ९ किलो गाँजा बरामद : भारतीयसहित दुई पक्राउ

24 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, पुष १३ गते ।  सशस्त्र प्रहरी बल नेपालले लागूऔषध गाँजा तस्करी गरिरहेको अवस्थामा एक भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ । शनिबार पटेर्वासुगौली गाउँपालिका–५ मनिहर्वा चोकमा सुरक्षा बेस पोखरियाबाट खटिएको मोबाइल गस्ती टोलीले चेकजाँचका क्रममा नेपालबाट भारततर्फ जाँदै गरेका दुई भारतीय मोटरसाइकलबाट कुल ९ किलो ३ सय ग्राम गाँजा बरामद गरेको हो ।

पक्राउ पर्नेमा पर्सा पकाहामैनपुर गाउँपालिका–५ सबैठवाका ४३ वर्षीय रवीन्द्र महतो (बीआर २२ यु ११७८ नम्बरको मोटरसाइकल चालक) र भारत बिहार जिल्ला बेतिया बेहरा झुम्का–१४ का ३७ वर्षीय अशोक महतो (बीआर २२ ए ५३०२ नम्बरको मोटरसाइकल चालक) रहेका छन् । रवीन्द्रको मोटरसाइकलको डिक्कीमा ५ किलो र अशोकको सिटमुनि ४ किलो ३ सय ग्राम गाँजा लुकाइछिपाइ राखिएको थियो ।

सशस्त्र प्रहरी नायब उपरीक्षक शम्भु कटुवालको कमान्डमा रहेको टोलीले बरामद गरेको गाँजासहित दुई मोटरसाइकल, दुई मोबाइल र भारतीय रुपैयाँ १ हजार ४५० इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीमा बुझाइएको सशस्त्र प्रहरी पर्साका सूचना अधिकारी डीएसपी विश्वराज योञ्जनले जानकारी दिनुभयो ।

यो कारबाहीले सीमापारि लागूऔषध तस्करी नियन्त्रणमा सशस्त्र प्रहरीको सक्रियता देखाएको छ । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?