जनकपुरधाम उपमहानगरपालिकाद्वारा शुक्रबार जाडो बिदा घोषणा

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष ९ गते ।  अत्यधिक चिसोका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै जनकपुरधाम उपमहानगरपालिकाले शुक्रबार (पुस ११ गते) का लागि नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूमा जाडो बिदा दिएको छ ।

नगर कार्यपालिकाको कार्यालयबाट जारी सूचनामा यो बिदा यस शैक्षिक सत्रको क्यालेन्डरमा उल्लेखित पुस १७ देखि माघ २ गतेसम्मको जाडो बिदाबाट कट्टा हुने व्यवस्था मिलाइने जनाइएको छ । मौसममा सुधार नभए थप बिदा हुने सूचना प्रकाशन गरिने पनि उल्लेख छ ।

सूचना शिक्षा, युवा तथा खेलकुद विकास शाखा प्रमुख अञ्जु पाण्डेयद्वारा हस्ताक्षरित छ । यो निर्णयले चिसो बढेसँगै अभिभावक र विद्यार्थीहरूलाई राहत दिएको छ । मधेश प्रदेशका अन्य स्थानीय तहहरूले पनि यस्तै निर्णय गरिरहेका छन् । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?