चिसो बढेपछि गौर नगरपालिकाका सबै विद्यालयमा पुस ११ गतेसम्म बिदा

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, पुष ८ गते ।  विगत चार दिनदेखि अत्यधिक चिसो र शीतलहर बढेपछि रौतहटको गौर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ। नगरपालिकाले सोमबार सूचना जारी गर्दै मंगलबारदेखि पुस ११ गतेसम्म विद्यालय बन्द रहने जनाएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासकुमार ठाकुरका अनुसार चिसोका कारण पठनपाठनमा असहजता हुनुका साथै बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरिएको हो। उनले यो बिदा बर्खे बिदाबाट कट्टा हुने जानकारी दिँदै पछिल्ला दिनमा बढेको शीतलहरले रौतहटको जनजीवनसमेत प्रभावित बनेको बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?