विराटनगरको नोबेल अस्पतालबाट इन्टर्न चिकित्सक भवनबाट खसेर मृत्यु
13 घन्टा पहिले प्रकाशित
विराटनगर, पुस ६ गते । विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालको भवनबाट खसेर एक इन्टर्न चिकित्सकको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–९ जगदरीका ३४ वर्षीय डा. अमित यादवको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार बिहान करिब ६:३० बजे अस्पतालको मुख्य गेटतर्फको भवनको पाँचौं तलाबाट यादव अचानक भुइँमा खसेका थिए । सोही कलेजमा एमबीबीएस पूरा गरी इन्टर्न चिकित्सकका रूपमा कार्यरत यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घटनालगत्तै उनलाई अस्पतालकै आकस्मिक कक्षमा भर्ना गरी उपचार सुरु गरिएको थियो, तर उपचारका क्रममा मृत्यु भएको अस्पतालका व्यवस्थापक दीपेश राईले जानकारी दिनुभयो ।
यो दुःखद घटनाले अस्पताल परिवार र सहकर्मीहरूलाई स्तब्ध बनाएको छ । डा. यादव भवनबाट कसरी खसे भन्ने यकिन हुन सकेको छैन । घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।
कमेन्ट गर्नुहोस्
view comments