भारत–नेपाल स्टार्टअप सहकार्य सुदृढ गर्ने गोलमेच छलफल जनकपुरधाममा सम्पन्न
2 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुष २ गते । जनकपुरधाममा भारत र नेपालबीच नयाँ प्रविधि तथा स्टार्टअप क्षेत्रमा सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले भारत–नेपाल सहकार्य विषयक गोलमेच छलफल सफलतापूर्वक सम्पन्न भएको छ । भारतको वीरगञ्जस्थित महावाणिज्य दूतावास, नेपाल यंग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ) का वीरगञ्ज तथा जनकपुरधाम अध्यायहरूको सहकार्यमा पीएचडीसीसीआई भारत–नेपाल सेन्टरद्वारा आयोजित कार्यक्रममा स्टार्टअप संस्थापक, युवा उद्यमी तथा साना तथा मझौला उद्यम (एमएसएमई) का प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यक्रममा ४० भन्दा बढी सहभागी उपस्थित थिए । छलफललाई सम्बोधन गर्दै वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्य दूत देवीसहाय मिणाले आर्टिफिसियल इन्टेलिजेन्स, सूचना प्रविधि तथा आईटी सक्षम सेवामा भारतको अनुभव नेपाली उद्यमीहरूका लागि उपयोगी हुने बताए । यस्ता संवाद कार्यक्रमले दुवै देशका उद्यमीबीच ज्ञान आदान–प्रदान, साझेदारी र लगानीका नयाँ अवसर खोल्ने विश्वास व्यक्त गर्दै मधेस प्रदेशलाई स्टार्टअप हबको रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments