रौतहटमा २२ जना फरार प्रतिवादी पक्राउ

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २६ गते ।  जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न मुद्दामा अदालतबाट कैद र जरिवाना तोकिएर लामो समयदेखि फरार रहेका २२ जना प्रतिवादीलाई पक्राउ गरेको छ। फरार सूचीमा रहेका ती व्यक्तिहरूलाई विशेष अभियानमार्फत पक्राउ गरी कानूनी कारबाहीका लागि अदालतसमक्ष उपस्थित गराइएको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेमा शिवकुमार राई, सन्तोष साह, राजकिशोर साह, आनन्द तिवारी, सुशील यादव, सुनीता बैठा, दशरथ दास ततमा, शिव दास ततमा, सनारपतिया ततमाईन, बिचय दास ततमा लगायतका व्यक्ति समावेश छन्। त्यस्तै गंगाराम राय यादव, शिवकली देवी, रुबी कुमारी पाल, रेवती देवी पाल, बन्हु राउत पाल, राजेश्वर महतो तुनिया, महादेव राय कुर्मी, विपती देवी, गाईत्री देवी, गंगामाया श्रेष्ठ र ओमनारायण महतो पनि पक्राउ परेका छन्।

पक्राउ परेकाहरूबाट २९ हजार ६०७ रुपैयाँ जरिवाना११ महिना २५ दिन कैद सजाय भुक्तानीका लागि जिल्ला अदालत रौतहटमा पेश गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी बिष्णुप्रदीप बस्यालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?