एम्बुलेन्स र युवकसहित दुई स्थानबाट झन्डै १०३ किलो गाँजा बरामद

12 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, मंसिर २१ गते । सर्लाहीको हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट ५१ किलो गाँजा बोकिरहेको एम्बुलेन्स प्रहरीले आज बिहान नियन्त्रणमा लिएको छ। नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा दर्ता भएको ज १ च १५५८ नम्बरको उक्त एम्बुलेन्स गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय हरिवनको टोलीले रोकेर तलासी लिँदा ठूलो परिमाणमा गाँजा फेला परेको हो। एम्बुलेन्स चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठा निवासी ३७ वर्षीय सुरेन्द्र राय यादवलाई समेत प्रहरीले पक्राउ गरेको छ।

त्यसैगरी, सर्लाहीकै लालबन्दी नगरपालिका–११ हिरापुरबाट २५ वर्षीय गङ्गाबहादुर वाइवालाई ५२ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरीले जनाएको छ। दुबै घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?