रौतहटमा जेनजी आन्दोलनकै क्रममा तोडफोड–आगलागीमा संलग्न दुई जना पक्राउ
3 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १८ गते । रौतहटमा भदौ २३–२४ गते भएको जेनजी आन्दोलनका क्रममा सरकारी सम्पत्तिमा तोडफोड र आगजनी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। आन्दोलनका बेला इलाका प्रहरी कार्यालय चन्द्रपुर र त्यहाँ रहेका सवारीसाधनमा व्यापक क्षति पुर्याएको घटनामा संलग्न रहेको ठहरिएका उनीहरूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ का ३२ वर्षीय दीपक बस्नेत र वडा ८ का ४३ वर्षीय हरिनारायण चौधरी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए। उनीहरूविरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा रौतहट जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments