पेट्रोलियम र सवारी–पार्टपुर्जाबाट वीरगन्ज भन्सारले चार महिनामा ३३ अर्बभन्दा बढी राजस्व संकलन
19 दिन पहिले प्रकाशित
जनकपुरधाम, मंसिर १७ गते । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षका पहिलो चार महिनामा मात्र पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जासहित प्रमुख आयात वस्तुबाट उल्लेख्य राजस्व संकलन गरेको छ। कार्यालयका अनुसार पाँच प्रकारका पेट्रोलियम पदार्थको आयातबाट २२ अर्ब ९० करोड रुपैयाँ र यातायातका साधन तथा पार्टपुर्जाबाट १० अर्ब १० करोड रुपैयाँ राजस्व उठाइएको छ।
यस्तै, फलाम तथा फलामबाट बनेका सामग्री आयातबाट ४ अर्ब ५८ करोड, कपडा आयातबाट ४ अर्ब २५ करोड, मेसिनरी तथा पार्टपुर्जाबाट ३ अर्ब १७ करोड, र विद्युत उपकरण तथा पार्टपुर्जाबाट ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन भएको छ। चालु आवको चार महिनामा वीरगन्ज भन्सारमार्फत २ खर्ब ८४ अर्ब ८९ करोड रुपैयाँ बराबरका सामग्री आयात भएका छन् भने समग्र रूपमा ७५ अर्ब ५९ करोड रुपैयाँ राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments