धनुषामा ६२ वर्षीया महिलाको विभत्स हत्या, एक जना पक्राउ
5 दिन पहिले प्रकाशित
जनकपुरधाम, कार्तिक २५ गते । धनुषाको हंसपुर नगरपालिका–७ नौवाखोरस्थित एक महिलाको विभत्स हत्या भएको छ। स्थानीय ६२ वर्षीया चन्द्रकला देवी दासको सोमबार साँझ घरदेखि करिब ५ सय मिटर टाढा खेतमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको प्रहरीले पुष्टि गरेको छ।धनुषा प्रहरीका प्रवक्ता डिएसपी गणेश बमका अनुसार घटनाबारे राति ९ बजे प्रहरीलाई जानकारी आएको थियो। घटनापछि प्रहरीले एक जना व्यक्ति पक्राउ गरेको छ भने थप अनुसन्धान जारी छ।मृतक महिलाको गर्धनमा रहेका सुनचाँदीका गरगहना समेत लुटिएको देखिएको छ। स्थानीयका अनुसार उनी मिटरव्याज पीडित थिइन् र सोही विवादका कारण हत्या भएको हुनसक्ने आशंका गरिएको छ।
प्रहरीले घटनाको प्रकृति अत्यन्तै क्रुर र योजनाबद्ध रहेको जनाउँदै विस्तृत अनुसन्धान अघि बढाएको जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments