श्रीमानको बञ्चरो प्रहारबाट घाइते महिलाको मृत्यु, आरोपी पक्राउ

1 दिन पहिले प्रकाशित

जनकपुरधाम, कार्तिक १८ गते ।  श्रीमानको बञ्चरो प्रहारबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ। सुरुङ्गा नगरपालिका–३ स्थित माईतीघरमा बस्दै आएकी ३५ वर्षीया सुनिता सदा सोमबार निधन भएकी हुन्।

घरायसी विवादका कारण सिरहाको मिर्चैया नगरपालिका–१० का रतन सदाले कात्तिक ११ गते आफ्नी श्रीमती सुनिताको टाउकोमा बञ्चरो प्रहार गरेका थिए। गम्भीर घाइते भएकी उनलाई लहानस्थित प्रादेशिक अस्पताल हुँदै थप उपचारका लागि धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइए पनि आर्थिक अभावका कारण उपचार नहुँदा घर फर्काइएका बेला उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी डम्बर बहादुर पुरीका अनुसार मृतकका श्रीमान रतन सदालाई नियन्त्रणमा लिइएको छ भने शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?