राष्ट्र बैंकको निर्देशन : अत्यावश्यक बैंकिङ सेवा सञ्चालन गर्न आदेश
8 दिन पहिले प्रकाशित

काठमाडौं, भदौ २६ गते । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई अत्यावश्यक सेवा निरन्तर सञ्चालन गर्न निर्देशन दिएको छ। बिहीबार जारी विज्ञप्तिमा राष्ट्र बैंकले नेपाली सेनाले निर्धारण गरेको आवतजावत व्यवस्थाअनुसार आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैंकिङ र डिजिटल भुक्तानी सेवा उपलब्ध गराउन आदेश दिएको हो।
अन्य प्रणालीहरूबारे भने रिमोट एक्सेसमार्फत सञ्चालन गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले स्पष्ट निर्देश गरेको छ। साथै, यससम्बन्धी जानकारी आफ्ना वेभसाइटमार्फत सार्वजनिक गर्न समेत सम्बन्धित संस्थाहरूलाई भनिएको छ।
कमेन्ट गर्नुहोस्
view comments