निजी विद्यालय सञ्चालकहरूको आन्दोलन काठमाडौं केन्द्रित हुँदै

3 दिन पहिले प्रकाशित

जनकपुरधाम, भदौ १८ गते । जनकपुरधाममा बुधबार जिल्लास्तरीय अन्तिम प्रदर्शनसहित निजी विद्यालय सञ्चालकहरूले आफ्नो आन्दोलनलाई काठमाडौं केन्द्रित गर्ने घोषणा गरेका छन्। नयाँ शिक्षा ऐनले निजी विद्यालय बन्द हुने आशंकामा प्याब्सन, नेशनल प्याब्सन, हिसान र अपेनमा आवद्ध विद्यालयहरूले विरोध ¥याली निकालेर जनकपुरधामका विभिन्न चोक परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि कोणसभा गरेका थिए।

कोणसभामा धनुषा जिल्ला प्याब्सन अध्यक्ष नवल यादवले २३ भदौदेखि निजी विद्यालय सञ्चालकहरू काठमाडौं पुगेर शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने र २५ भदौमा राजधानीमै बृहत् विरोध ¥याली निकाल्ने कार्यक्रम रहेको बताए। उनले सरकारले माग सम्बोधन नगरेसम्म आन्दोलन निरन्तर जारी रहने चेतावनी पनि दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?