मानसिक स्वास्थ्य शिविरको आयोजना
17 घन्टा पहिले प्रकाशित

घनश्याम मिश्र
जनकपुरधाम, साउन,१३ गते ।
महोत्तरी जिल्लामा पहिलोपटक नि:शुल्क मानसिक स्वास्थ्य शिविर संचालन गरिएको छ ।
पिपरा गाँउपालिका १ एकरहिया स्थित नेपाल राष्ट्रीय जनता माध्यमिक विद्यालयको प्रागँणमा मंगलवार आयोजना गरिएको सो शिविरमा एस सय भन्दा बढी मानसिक रोगीहरुले उपचार गराएका छ्न् ।
शिविर बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म संचालन भएको जानकारी आयोजकले दिएको छ ।
स्थानीय गजेन्द्र कुमार झाको संयोजन तथा शान्ति न्युरो साइक्याट्री क्लिनिक जनकपुरधामको आयोजनामा शिविर संचालन गरिएको हो ।

शिविरमा प्रादेशिक अस्पताल जनकपुरधामका मानसिक रोग विभाग प्रमुख डा.रोबिन झासहितका टोलीले उपचार गरेका छ्न् ।
अत्यन्त महँगो मानिने औषधि समेत नि:शुल्क वितरण गरिंएको डा.झाले बताए ।
मानसिक रोग प्रति सर्वसाधारणमा जनचेतना फैलाउने उद्देश्यले शिविर संचालन गरिएको र यसलाई मधेश प्रदेशमै अभियानकै रुपमा निरन्तरता दिने प्रतिवद्धता समेत डा.झाले व्यक्त गरे ।
यस शिविरले सर्वसाधारणमा मानसिक स्वास्थ्य प्रतिको जनचेतनामा वृद्धि हुनुका साथै एकरहियासहितका आसपास क्षेत्रका मानसिक रोगीहरु लाभान्वित हुने विश्वास एकरहिया विद्यालयका प्रधानाध्यापक कमलेश कुमार झाले व्यक्त गरेका छ्न् ।
कमेन्ट गर्नुहोस्
view comments