वीरगञ्जमा सुक्खा बन्दरगाह भन्सार गाभिएर एकीकृत सेवा सुरु
11 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, श्रावण १ गते । सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालय आजदेखि वीरगञ्ज भन्सार कार्यालयमा गाभिएको छ। अबदेखि एकीकृत कार्यालयबाटै सेवा प्रवाह सुरु भएको छ। यसअघि सुक्खा बन्दरगाह भन्सार कार्यालय छुट्टै रुपमा सञ्चालन हुँदै आएको थियो भने वीरगञ्ज भन्सार मातहत एकीकृत जाँचचौकी रहँदै आएको थियो, जहाँ वैदेशिक व्यापार अन्तर्गतका वस्तुहरूको आयात–निर्यात हुने गर्दछ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार संघीय सरकारको निर्णयअनुसार गाभ्ने प्रक्रिया सम्पन्न गरिएको हो। सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट पहिले रेलवे र्याकमार्फत सामान आयात–निर्यात हुँदै आएको थियो। पछिल्लो आर्थिक वर्षमा उक्त कार्यालयले ४९ अर्ब ८२ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
कमेन्ट गर्नुहोस्
view comments