पेट्रोल प्रतिलिटर पाँच रुपैयाँले बढ्यो

5 घन्टा पहिले प्रकाशित

काठमाडौं, असार १७ गते । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच रुपैयाँले बढाएको छ। नयाँ मूल्यअनुसार पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। यस्तै, ती क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य १४६ रुपैयाँ ५० पैसा तोकिएको छ।

दोस्रो वर्गका क्षेत्रमा पेट्रोल १६४ रुपैयाँ, डिजेल र मट्टितेल १४८ रुपैयाँ कायम गरिएको छ भने तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दियालमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ। सोहीअनुसार, डिजेल र मट्टितेल १४९ रुपैयाँ कायम गरिएको छ। हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर ७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर ५१ अमेरिकी डलरले बढाइएको निगमले जनाएको छ। नयाँ दर सोमबार मध्यरातिबाट लागू भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?