तीन प्रदेशका १५ अस्पतालबाट निःशुल्क मुटु रोग सेवा, एक लाखसम्मको सहुलियत
3 दिन पहिले प्रकाशित

काठमाडौं,असार ३ गते । सरकारले बागमती, कोशी र लुम्बिनी प्रदेशका १५ वटा अस्पतालमार्फत मुटु रोगसम्बन्धी निःशुल्क सेवा प्रदान गरिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महाधमनीको शल्यक्रिया, पेसमेकर तथा स्टेन्ट राख्ने उपचार र मुटुको भल्व पूर्ण रूपमा क्षतिग्रस्त भएका बिरामीको उपचारका लागि सरकारले एक लाख रुपैयाँसम्मको आर्थिक सहुलियत दिने व्यवस्था गरेको छ।
यस्तो सेवा लिनको लागि बिरामीले आफ्नो स्थायी बसोबास रहेको वडाको सिफारिसपत्रसहित सम्बन्धित अस्पतालमा जानुपर्नेछ। सेवा दिने अस्पतालहरूमा बागमती प्रदेशमा वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, गङ्गालाल हृदयरोग केन्द्र, मनमोहन कार्डियो, चितवन मेडिकल, धुलिखेल अस्पताल लगायत छन्। कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, नोबेल मेडिकल कलेज र न्युरो कार्डियो मल्टिस्पेसियालिटी छन् भने लुम्बिनीमा गौतम बुद्ध सामुदायिक मुटु अस्पतालबाट सेवा दिइँदैछ।
कमेन्ट गर्नुहोस्
view comments