मनोवैज्ञानिक दबाबमा परेका डा. श्रेष्ठको गृहमन्त्रीसँग भेट, आत्मबल बलियो बनाउन सुझाव
3 दिन पहिले प्रकाशित

काठमाडौं,असार ३ गते । स्वास्थ्य मन्त्रालयअन्तर्गत कार्यरत डाक्टर केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग मंगलबार भैँसेपाटीस्थित मन्त्री निवासमा भेट गरेका छन्। भेटका क्रममा श्रेष्ठले आफ्नो कार्यक्षेत्रमा भोग्नुपरेको प्रशासनिक अन्याय, मानसिक तनाव र झुटा आरोपका कारण उत्पन्न समस्याबारे गुनासो पोखेका थिए। गृहमन्त्री लेखकले जस्तोसुकै असहज परिस्थिति आउँदा पनि आत्मबल कमजोर नबनाई अघि बढ्न प्रेरणा दिने सुझाव दिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ।
डा. श्रेष्ठ सोमबार बिहानदेखि सम्पर्कविहीन भएका थिए। ‘अलबिदा’ शीर्षकको फेसबुक पोस्ट लेखेर हराएका उनलाई प्रहरीले बालाजु क्षेत्रबाट सकुशल फेला पारेको थियो। रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी सेवा गरेका उनी हालै हेटौँडामा सरुवा भएका हुन्। श्रेष्ठले आफूले सेवा गरेको रामेछापबाटै अन्यायपूर्ण व्यवहार भोग्नु परेको भन्दै सामाजिक सञ्जालमार्फत असन्तोष व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments