भारतबाट फर्किनेमा कोरोना देखिन थालेपछि सुदूरपश्चिमका सीमा नाकामा हेल्थ डेस्क सक्रिय
1 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २९ गते । भारतबाट फर्कने व्यक्तिहरूमा कोभिड–१९ को संक्रमण देखिन थालेपछि सुदूरपश्चिम प्रदेशका प्रमुख सीमा नाकामा ‘हेल्थ डेस्क’ मार्फत स्वास्थ्य परीक्षण पुनः सुरु गरिएको छ। कञ्चनपुरको गड्डाचौकी, कैलालीको गौरीफण्टा, बैतडीको झुलाघाट र दार्चुलाको पुलघाट नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको सुदूरपश्चिम प्रदेश आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना अधिकारी हेमराज जोशीले जानकारी दिए। उनका अनुसार परीक्षणका लागि सीमित मात्रामा उपलब्ध किटहरू प्राथमिकताको आधारमा वितरण गरिएका छन्।
गौरिफण्टा नाकामा जेठ २१ गतेदेखि परीक्षण सुरु गरिएको र त्यसपछि अन्य तीन नाकामा जेठ २७ गतेदेखि जाँच सुरु गरिएको हो। हालसम्म १६ जनामा संक्रमण पुष्टि भइसकेको छ। गड्डाचौकी हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मी विशाल भट्टका अनुसार यात्रुको चापअनुसार किट अपर्याप्त देखिएको छ भने हालसालैको परीक्षणमा भने पोजेटिभ नतिजा नआएको उल्लेख गरेका छन्। कोरोना संक्रमण बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई थप किट आपूर्ति गर्न पत्राचार गरिएको जनाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments