प्रधानमन्त्री ओली: नयाँ पुस्ता जिनियस, रुचिअनुसार पढाइ भए अझ उत्कृष्ट हुने

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ २७ गते ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको नयाँ पुस्ता प्रतिभाशाली र विभिन्न क्षेत्रमा अब्बल प्रदर्शन गरिरहेको बताएका छन्। जनकपुरमा आयोजित राजर्षि जनक विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, "नयाँ पुस्ताले फरक-फरक क्षेत्रमा आफूलाई प्रमाणित गरिरहेको देख्दा खुसी लागेको छ। यदि उनीहरूले रुचिअनुसारको विषयमा अध्ययन गर्ने वातावरण पाए भने उनीहरू झनै जिनियस हुनेछन्।"

उनले जबरजस्ती डाक्टर वा इञ्जिनियर बनाउने सोच गलत भएको उल्लेख गर्दै विद्यार्थीको रुचिअनुसारको पढाइले नै उनको प्रतिभा प्रस्फुटित गर्न सहयोग पुग्ने धारणा राखे। प्रधानमन्त्री ओलीले ज्ञानसँगै मेहनत गरे जीवन सफल र समृद्ध बन्ने विश्वास पनि व्यक्त गरे।

कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री तथा विश्वविद्यालयका सहकुलपति सतिशकुमार सिंहले पनि मधेशका छोरीहरू शिक्षामा अग्रणी रहेको बताए। उनले उत्कृष्ट १० विद्यार्थीमध्ये ६ जनाले ट्रिपल मेडल प्राप्त गर्नु छोरीहरूकै शैक्षिक सफलताको प्रमाण भएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?