रेमिट्यान्स आप्रवाहको कीर्तिमान: एक महिनामै १ खर्ब ६५ अर्ब भित्रियो
23 घन्टा पहिले प्रकाशित

काठमाडौं, जेठ २७ गते । २०८२ सालको वैशाख महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखमा मात्र १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ विप्रेषण भित्रिएको हो, जुन एक महिनामै आएको अहिलेसम्मकै उच्च रकम हो।
यसअघि २०८१ सालको फागुनमा १ खर्ब ५१ अर्ब २० करोड रेमिट्यान्स भित्रिएको थियो, जुन कीर्तिमान वैशाखले तोडेको हो। चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा कूल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ। विप्रेषणको यो वृद्धिले वैदेशिक रोजगारमा गएका नेपालीहरूको श्रम र योगदान झल्काउँछ भने अर्थतन्त्रमा रेमिट्यान्सको महत्वपूर्ण भूमिकालाई पनि पुष्टि गर्छ।
कमेन्ट गर्नुहोस्
view comments