नेपालमा पहिलोपटक सफल लिंग परिवर्तन सर्जरी, अब यस्ता सेवा नियमित हुने

14 घन्टा पहिले प्रकाशित

काठमाडौं,जेठ २५ गते । नेपालमा पहिलोपटक लिंग परिवर्तन शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरिएको छ। जनकपुरका २५ वर्षीय एक ट्रान्सजेन्डर व्यक्तिमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगन्जले पुरुष अंगको तन्तु प्रयोग गरेर महिला जननेन्द्रियको पुनर्निर्माण गरेको हो। जेठ १२–१५ गते अस्पतालको प्लास्टिक सर्जरी विभागले पारलैंगिक समुदायका लागि आयोजना गरेको विशेष शल्यक्रिया कार्यक्रममा यो सर्जरीसहित अनुहार र स्तनको शल्यक्रिया पनि गरिएको थियो।

अस्पतालका प्रवक्ता डा. गोपाल सेढाइँका अनुसार अब नेपालमै यस्तो सेवा नियमित रूपमा उपलब्ध हुनेछ, जसले ट्रान्सजेन्डर समुदायलाई विदेश जानुपर्ने बाध्यता हटाउनेछ। अन्तर्राष्ट्रिय सर्जन डा. एलिरेजा जाह्रोमीको नेतृत्वमा सम्पन्न यो सर्जरीलाई ‘गेम चेन्जर’ मानिएको छ। विभागीय प्रमुख डा. जयनमान श्रेष्ठले अब ‘जेन्डर अफर्मिङ क्लिनिक’ स्थापना गरी यस्ता सेवा निरन्तर दिने तयारी भइरहेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?