वीरगञ्ज नाकाबाट पेट्रोलियम आयातमा सामान्य गिरावट, राजस्व संकलनमा उल्लेखनीय वृद्धि

2 दिन पहिले प्रकाशित

जनकपुरधाम, जेठ १९ गते ।  चालु आर्थिक वर्षको १० महिनामा वीरगञ्ज नाकामार्फत रु १ खर्ब ५५ अर्ब ९४ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। डिजेल, पेट्रोल, एलपीजी, एटिएफ र मट्टितेलजस्ता पाँच प्रकारका पेट्रोलियम वस्तु आयात भएका हुन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्षमा कुल आयात मूल्य ०.८६ प्रतिशतले घटे पनि राजस्व संकलन भने उल्लेखनीय रूपले बढेको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आवमा पेट्रोलियम आयात घटे पनि मूल्य वृद्धिका कारण राजस्व १०.३१ प्रतिशतले वृद्धि भएको हो।

भन्सार कार्यालयका तथ्यांकअनुसार चालु आवको १० महिनामा रु ६४ अर्ब ५० करोड राजस्व संकलन भएको छ, जुन अघिल्लो वर्षको रु ५८ अर्ब ४८ करोडको तुलनामा धेरै हो। डिजेल आयातमा केहि गिरावट आए पनि सो बाटै रु ३५ अर्ब ७० करोड राजस्व प्राप्त भएको छ। पेट्रोलबाट रु २० अर्ब ७१ करोड, एलपीजीबाट रु ५ अर्ब ६७ करोड, एटिएफबाट रु २ अर्ब १७ करोड र मट्टितेलबाट रु १५ करोड राजस्व संकलन भएको छ। यसबाट स्पष्ट हुन्छ कि आयातको परिमाणभन्दा मूल्य र कर संरचनामा भएको परिवर्तनले राजस्वमा प्रभाव पारेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?