मुख्यमन्त्री सिंहको आरोप: अवैध अस्पताल स्थानीय तहले पुनः सञ्चालनमा ल्याए

8 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ ११ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले आफूले बन्द गराएका अवैध अस्पतालहरू स्थानीय तहले पुनः सञ्चालनमा ल्याएको आरोप लगाएका छन्। सर्लाहीको बरहथवा नगरपालिका–१, नयाँ बजारमा शनिबार आयोजित जनमत पार्टीको कार्यक्रममा बोल्दै उनले दर्ता नभएका र मापदण्ड विपरीत सञ्चालित अस्पतालहरू अनुगमनपछि बन्द गराए पनि स्थानीय तहले ती अस्पताल फेरि खोल्न दिएको बताए। जनमत पार्टीका नेता समेत रहेका मुख्यमन्त्री सिंहले अन्य पार्टीसँग मिलेर संयुक्त सरकार सञ्चालन गर्दा विभिन्न अप्ठ्याराहरू झेल्नुपरेको गुनासो पनि गरे।

कार्यक्रमकै अवसरमा बरहथवा वडा नं. १ का स्थानीयले मुख्यमन्त्री समक्ष बागमती नदीको खर्सालघाटमा तटबन्ध निर्माणको माग राखेका थिए। सो मागप्रति प्रतिक्रिया दिँदै सिंहले तटबन्ध निर्माणको जिम्मेवारी संघीय सरकारको भए पनि प्रदेश सरकार त्यसमा आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?