गभर्नर डा. विश्व पौडेलको अर्थमन्त्रीसँग भेट: मौद्रिक स्थायित्व र समन्वयको प्रतिबद्धता
1 महीना पहिले प्रकाशित

काठमाडौं, जेठ ७ गते । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले बुधबार बिहान उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरेका छन्। अर्थ मन्त्रालयमा आयोजित भेटका क्रममा अर्थमन्त्री पौडेलले गभर्नरमा नियुक्त भएकोमा बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिएका हुन्। उनले आर्थिक नीति र मौद्रिक नीतिबीच सुदृढ समन्वय गरी मुलुकको आर्थिक सुधारमा केन्द्रित भई अगाडि बढ्नुपर्नेमा जोड दिए।
गभर्नर डा. पौडेलले राष्ट्र बैंकले मौद्रिक नीतिको माध्यमबाट वित्तीय स्थायित्व कायम राख्न अर्थ मन्त्रालयसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बैंकको सुपरिवेक्षकीय क्षमता विस्तार गर्दै वित्तीय क्षेत्रको प्रभावकारिता बढाउने बताएका छन्। भेटका अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, अर्थ सचिव घनश्याम उपाध्याय, र राजस्व सचिव दिनेशकुमार घिमिरेले पनि नवनियुक्त गभर्नरलाई शुभकामना व्यक्त गरेका थिए।
कमेन्ट गर्नुहोस्
view comments