जलेश्वर प्रादेशिक अस्पतालमा औषधिको चरम अभाव, आपतकालीन सेवा प्रभावित
17 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, जेठ १ गते । जलेश्वरस्थित प्रादेशिक अस्पतालमा विगत दुई महिनादेखि औषधिको अभाव चर्किंदै गएपछि नियमित उपचार सेवामा गम्भीर असर परेको छ। अस्पताल प्रमुख डा. विकास साहका अनुसार सरकारले निःशुल्क वितरण गर्ने ९८ प्रकारका औषधि अभावमा परेपछि दश नगरपालिका र पाँच गाउँपालिकाका बिरामीहरू समस्या भोगिरहेका छन्। दैनिक करिब ३०० बिरामी आउने अस्पतालमा औषधिको संकटले सेवा प्रवाहमै कठिनाइ सिर्जना गरेको छ।
डा. साहले औषधि उपलब्ध गराउन मधेश प्रदेश सरकारअन्तर्गतको स्वास्थ्य निर्देशनालय, विभाग तथा संघीय सरकारसँग पटकपटक अनुरोध गरिएको जानकारी दिए। उनले आकस्मिक कक्षमा आवश्यक औषधि अस्पतालले आफ्नै स्रोतबाट जेनतेन व्यवस्थापन गर्दै आएको उल्लेख गर्दै यदि तत्काल समस्या समाधान नभए आपतकालीन सेवा समेत बन्द हुने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।
कमेन्ट गर्नुहोस्
view comments