अध्यक्ष ठाकुरको चेतावनी : शिक्षक आन्दोलनको जिम्मेवारी सबै नेताले लिनुपर्छ
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख १५ गते । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले नेताहरूले शिक्षकहरूको आन्दोलनको दोष सरकारलाई मात्र थोपरेर उम्कन नसक्ने बताएका छन्। जनकपुरधामस्थित नयाँ कार्यालय उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ठाकुरले शिक्षकहरू सडक आन्दोलनमा रहेको अहिलेको परिस्थितिको जिम्मेवारी सरकार सञ्चालनमा सहभागी सबै नेताले लिनुपर्ने बताए। उनले सरकारमाथि दोष थुपार्नेभन्दा पनि आवश्यक सुधार र आलोचना गर्नुपर्ने धारणा राखे।
अध्यक्ष ठाकुरले निजी क्षेत्रका विद्यालय र सेवाको महत्त्व उल्लेख गर्दै, सामुदायिक विद्यालयको बलमा मात्रै सबैलाई शिक्षित बनाउन असम्भव रहेको तर्क गरे। पानी र स्वास्थ्यको समस्या पनि निजी क्षेत्रको सहयोगबिना समाधान हुन नसक्ने उदाहरण दिँदै, उनले स्वस्थ र शिक्षित नागरिकले मात्र देशको भविष्य निर्माण गर्नसक्ने बताए। अध्यक्ष ठाकुरले देश बनाउने अभियानमा सबैले मिलेर काम गर्नुपर्नेमा जोड दिए।
कमेन्ट गर्नुहोस्
view comments