धनुषामा कक्षा १२ को परीक्षा व्यवस्थापनका लागि सरकारी कर्मचारी खटाउने तयारी, विवरण पठाउन जिल्ला प्रशासनको निर्देशन
4 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, वैशाख ९ गते । आउँदो वैशाख ११ गतेदेखि शुरु हुन गइरहेको कक्षा १२ को परीक्षा व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय, धनुषाले धनुषा जिल्लाका सबै सरकारी कार्यालयहरूलाई कर्मचारीको विवरण आजै बुझाउन निर्देशन दिएको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाले मिति २०८२/०१/०९ मा जारी गरेको पत्रमा परीक्षामा खटिने कर्मचारीको नाम, पद, इमेल, मोबाइल नम्बर र कार्यरत कार्यालयसहितको विवरण दिउँसो १२ बजेसम्म पठाउन आग्रह गरिएको छ। प्रशासनले कार्यालयको नियमित कामकाजमा बाधा नपर्ने गरी कर्मचारी छनोट गर्न भनेको छ।
शिक्षकहरू आन्दोलनमा रहेकाले वैकल्पिक व्यवस्था अन्तर्गत अन्य सरकारी कर्मचारीहरू परीक्षामा खटाउने तयारी गरिँदैछ। प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरमा जारी उक्त सूचनाले परीक्षा सुचारु गर्न सरकारी संयन्त्र परिचालनमा जुटिसकेको सन्देश दिएको छ।
कमेन्ट गर्नुहोस्
view comments