काठमाडौं, वैशाख ९ गते । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको तीव्र वृद्धिको प्रभाव नेपाली बजारमा पनि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एकैदिन तोलामा ६ हजार ९०० रुपैयाँले उकालो लाग्दै छापावाल सुनको मूल्य १ लाख ९७ हजार ९०० रुपैयाँमा पुगेको छ। अघिल्लो दिन तोलाको मूल्य १ लाख ९१ हजार रुपैयाँ थियो। महासंघले जनाएको यो दर हालसम्मकै उच्च हो, जसले नेपाली बजारमा सुन २ लाख रुपैयाँ नजिक पुर्याएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सुनको मूल्य अझै बढ्ने प्रक्षेपण गरेका छन्, जसको असर आगामी दिनमा नेपाली बजारमा पनि देखिने सम्भावना छ। त्यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ। सोमबार तोलामा १ हजार ९६० रुपैयाँमा रहेको चाँदी मंगलबार १० रुपैयाँले बढेर १ हजार ९७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ। लगानीकर्ताहरूका लागि सुन र चाँदी दुवै सुरक्षित लगानीका विकल्पका रूपमा आकर्षक बन्दै गइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments