काठमाडौं, वैशाख १ गते । नेपाल चिकित्सक संघले स्नातकोत्तर तहमा अध्ययनरत आवासीय चिकित्सकहरूको तलब र सिट घटाउने निर्णय खारेज गर्न माग गर्दै सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको छ। महासचिव डा. सञ्जिव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा चिकित्सा शिक्षा आयोगले पूर्व निर्धारण गरेको सिट म्याट्रिक्समा १७औं बैठकले थपेको सिट पनि समावेश गरी एक सिट पनि नघटाई पिजी म्याचिङ प्रक्रिया तुरुन्त सुरु गर्नुपर्ने माग गरिएको छ। साथै, आवासीय चिकित्सकहरूलाई आठौं तह बराबरको निवृत्तिभरण तत्काल प्रदान गर्नुपर्ने संघको अडान छ।
यदि यी दुई प्रमुख माग तीन दिनभित्र सम्बोधन नभए संघले देशभरका चिकित्सकलाई चरणबद्ध आन्दोलनमा उतार्ने चेतावनी दिएको छ। संघले स्मरण गराएको छ कि आयोगको १६औं बैठकले नै सम्पूर्ण आवासीय चिकित्सकलाई मेडिकल अधिकृत सरहको तलब सुविधा दिने निर्णय गरिसकेको हो, तर त्यसको कार्यान्वयन अझै भएको छैन। निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सक तथा एमडी, एमएस, एमडीएस तहका परीक्षार्थीहरू लामो समयदेखि आन्दोलनरत छन्, जसको निष्कर्षस्वरूप संघले यो निर्णायक कदम चालेको हो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
कमेन्ट गर्नुहोस्
view comments