स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उच्चतम बिन्दुमा, चाँदीको भाउ पनि उकालो
6 दिन पहिले प्रकाशित

काठमाडौं, चैत २८ गते । नेपाली बजारमा सुनको मूल्यले पुनः ऐतिहासिक उचाइ छोएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार एकैदिन ५ हजार ७०० रुपैयाँको भारी वृद्धि हुँदै सुनको प्रतितोला मूल्य १ लाख ८१ हजार १ सय रुपैयाँमा पुगेको छ। बुधबार मात्र प्रतितोला २ हजार रुपैयाँले बढेर १ लाख ७५ हजार ४ सय रुपैयाँमा पुगेको थियो।
यसअघि चैत्र २१ गते सुन प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड बनाएको थियो, जुन मूल्य आज तोडिएको हो। सुनको मूल्यसँगै चाँदीको भाउ पनि उकालो लाग्दै गएको छ। बुधबार १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९ सय रुपैयाँमा पुगेको महासंघले जानकारी दिएको छ। सुनचाँदीको लगातारको मूल्यवृद्धिले बजारमा तरलता र लगानीको प्रवृत्तिमा प्रभाव पार्ने आँकलन गरिएको छ।
कमेन्ट गर्नुहोस्
view comments