जनकपुरधाम उप-महानगरपालिकाबाट शिक्षकहरूको माग सम्बोधनका लागि नेपाल सरकारलाई पत्र

9 घन्टा पहिले प्रकाशित

जनकपुरधाम, चैत २५ गते । जनकपुरधाम उप-महानगरपालिकाका नगर प्रमुख मनोज कुमार साहले शिक्षा मन्त्रालयलाई एक पत्र पठाउँदै शिक्षकहरूको न्यायोचित माग सम्बोधन गर्न नेपाल सरकारसँग अनुरोध गरेका छन्। २०८१/१२/२५ मितिमा पठाइएको पत्रमा, नगर प्रमुखले नेपाल शिक्षक महासंघद्वारा २०८५ चैत्र २० देखि राजधानीमा शुरु गरिएको सडक आन्दोलन र २०८१ चैत्र २५ को आम शैक्षिक हडतालका कारण सम्पूर्ण विद्यालय ठप्प भएका कुरा उल्लेख गरेका छन्।

पत्रमा नगर प्रमुखले, "शिक्षकहरूले विद्यालय शिक्षा ऐन तुरुन्त जारी गर्नुपर्ने माग गर्दै आन्दोलन थालेका छन्। यसका कारण SEE परीक्षाको उ.पु. परीक्षण र कक्षा ८ को उ.पु. परीक्षण समेत प्रभावित भएका छन्," भनेका छन्। उनले सरकारलाई त्वरित कदम चाल्दै शिक्षकहरूको माग सम्बोधन गर्न आग्रह गरेका छन्, जसका लागि उपमहानगरपालिकाले आवश्यक सहयोग र समर्थन गर्ने वचन दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?