विद्यालय शिक्षा ऐनको माग गर्दै शिक्षकको काठमाडौं केन्द्रित आन्दोलन, संघीय संरचनामा समावेश गरिनुपर्ने माग

14 घन्टा पहिले प्रकाशित

काठमाडौं, चैत २५ गते । काठमाडौंमा नेपाल शिक्षक महासंघको अगुवाइमा गत २० चैतदेखि मुलुकभरका शिक्षकहरू विद्यालय शिक्षा ऐन तुरुन्त जारी हुनुपर्ने मागसहित सडक आन्दोलनमा उत्रिएका छन्। शिक्षाका लागि संगीत, नृत्य र थपडी बजाउँदै अनिश्चितकालीन प्रदर्शनमा उत्रिएका शिक्षकहरू प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विद्यालय शिक्षा विधेयक यथाशिघ्र पारित गराउन दबाब दिइरहेका छन्।

शिक्षकहरूले आफूअनुकूल कानुन निर्माणका लागि सरकारमाथि दबाब सिर्जना गर्दै संघीय संरचनामा समावेश गरिनुपर्ने मुख्य माग अघि सारेका छन्। हाल संविधानअनुसार शिक्षकहरू स्थानीय तहअन्तर्गतमा रहे पनि उनीहरूले आफूलाई संघीय सरकारअन्तर्गत राख्नुपर्ने अडान राखेका छन्। यसका लागि संविधानको अनुसूची ८ मा राखिएको माध्यमिक शिक्षालाई अनुसूची ९ मा स्थानान्तरण गरी संघ, प्रदेश र स्थानीय तीनवटै सरकारको साझा अधिकारमा राख्नुपर्ने उनीहरूको माग छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?