सप्तरीमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना, ४ अर्ब लागतमा छ उद्योग निर्माण हुँदै

2 महीना पहिले प्रकाशित

जनकपुरधाम, माघ २९ गते । सप्तरीको सुरुङ्गा नगरपालिका–३ स्थित लक्ष्मीनगरमा ‘बिग इन्डस पदमनगर’ औद्योगिकग्राम स्थापना गरिने भएको छ। व्यवसायी वीरेन्द्र न्यौपानेको नेतृत्वमा आगामी दुई वर्षभित्र १४ बिघा क्षेत्रफलमा करिब चार अर्ब रुपैयाँ लगानीमा छ उद्योग निर्माण गरिने योजना रहेको छ।

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले औद्योगिकग्रामको शिलान्यास गर्दै यस परियोजनाले देशको औद्योगिक क्षेत्रलाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो। उहाँका अनुसार यस उद्योगले निजी क्षेत्रको योगदानलाई सशक्त बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्ने उदाहरण प्रस्तुत गर्नेछ।

 

‘बिग इन्डस पदमनगर’ का सञ्चालक तथा उद्योगी वीरेन्द्र न्यौपानेले आफ्ना हजुरबुबा पदमबहादुर न्यौपानेको योगदानलाई सम्मान गर्दै आफ्नै जन्मभूमिमा उद्योग स्थापना गर्ने निर्णय लिएको बताउनुभयो। उहाँका अनुसार उद्योगमार्फत आँप, फर्सी, कटहर र तरबुजालगायत फलफूलको ‘पल्प’ उत्पादन गरिनेछ।

यसबाहेक, दुई हजार मेट्रिक टनको कोल्ड स्टोरेज, लुब्रिकेन्ट्स उत्पादन, सिसा र बोटल उद्योग, बिटुमिन पेन्ट्स उद्योग तथा तीन मेगावाट क्षमताको सौर्य प्लान्ट स्थापना गरिनेछ। उद्योग सञ्चालनपछि प्रत्यक्ष ५०० तथा अप्रत्यक्ष रूपमा ५,००० परिवारलाई रोजगारीको अवसर मिल्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?