मधेश प्रदेशले सवारी कर र जरिवानामा शतप्रतिशत छुट दिने
13 घन्टा पहिले प्रकाशित
जनकपुरधाम, पुस ११ गते । मधेश प्रदेश सरकारले सवारीसाधनको कर र जरिवानामा शतप्रतिशत छुट दिने निर्णय गरेको छ। मधेश प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०८१, गत मंसिर १९ गते प्रदेश राजपत्रमा प्रकाशित भएको थियो। श्रम तथा यातायात मन्त्रालयका शाखा अधिकृत सुनिलकुमार शाहद्वारा जारी सूचनामा यो निर्णय ऐनअन्तर्गत गरिएको उल्लेख छ।
यस्तै, यातायात व्यवस्था कार्यालय, लहान सिरहाले पनि आज सूचना जारी गर्दै जानकारी गराएको छ। कार्यालयका वरिष्ठ शाखा अधिकृत विनीतकुमार झाले जारी गरेको सूचनामा ऐनको दफा ३४ को उपदफा ४ बमोजिम, ऐन प्रारम्भ भएको एक वर्षभित्र म्याद नाघेका सवारी दर्ता प्रमाणपत्र नवीकरण गराउँदा सवारी कर र नवीकरण दस्तुरमा लाग्ने जरिवानामा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख छ।
कमेन्ट गर्नुहोस्
view comments