१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार अब सरकारी अस्पतालमा निःशुल्क
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक १२ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर रोगको उपचार सरकारी अस्पतालहरूमा निःशुल्क गराउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले गरेको मन्त्रीस्तरीय निर्णयअनुसार आउँदो मङ्सिर १ गतेदेखि कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा यो सुविधा उपलब्ध हुनेछ। मन्त्री पौडेलले पदबहाली गरेपछि बालबालिकाको क्यान्सर उपचार निःशुल्क बनाउने योजना अघि बढाएका थिए।
कमेन्ट गर्नुहोस्
view comments