किसानलाई भुक्तानी गर्न अर्थले दुग्ध विकास संस्थानलाई ६० करोड ऋणको सहमति

4 महीना पहिले प्रकाशित

काठमाडौं,भदौ १७ गते ।  अर्थ मन्त्रालयले दुग्ध विकास संस्थानमा ६० करोड रुपैयाँ ऋण लगानी गर्नका लागि कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ। यो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरिनेछ, जसमा १ करोड रुपैयाँ चालु आर्थिक वर्षको बजेटबाट र थप ५९ करोड रुपैयाँ कृषि मन्त्रालयमा विनियोजित रकमबाट रकमान्तर गरिनेछ। यो ऋण लगानीलाई संस्थानले किसानहरूको बाँकी रहेको दूध भुक्तानीका लागि प्रयोग गर्न सक्ने अर्थ मन्त्रालयले जनाएको छ।

किसानहरूले दुधको बाँकी रकम भुक्तानीको माग गर्दै आएका थिए। यस सन्दर्भमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, र दुग्ध विकास संस्थानका अधिकारीहरूबीच पटक पटक छलफल भएको थियो। प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकार संस्थानमा उक्त ६० करोड ऋणको लगानी गर्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?