हुम्लामा एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी बालबालिकाको सङ्ख्या वृद्धि
3 वर्ष पहिले प्रकाशित
हुम्लामा एक सातायता जिल्ला अस्पतालमा निमोनिया र झाडा पखालाका बिरामी बालबालिकाको सङ्ख्या वृद्धि भएको छ ।
तीन वर्षकी छोरीलाई उपचार गर्न अस्पतालमा कुरुवा बस्दै आएकी खार्पुनाथ गाउँपालिका–५ की माया शाहीले छोरीलाई निमोनिया देखिएको बताईन । ज्वरो आउने र स्वासप्रस्वासमा समस्या देखिएपछि उनले तीन दिनअघि छोरीलाई अस्पताल भर्ना गरेर उपचार गर्दै आएकी छन् ।
जिल्ला अप्पतालकी वरिष्ठ अनमी सरिता बोहराले केही दिनयता दैनिक उपचारका लागि आउने बालकालिकाको सङ्ख्या ह्वात्तै बढेको बताइन् १५ शैयाको अस्पतालमा हालसम्म १३ जना बालबालिका मात्र भर्ना भएका छन् ।
अस्पतालमा भर्ना भएका बिरामी बालबालिका मध्य सात जनालाई श्वास प्रस्वासमा समस्या देखिएपछि अक्सिजन दिएर राखिएको छ । निमोनियाकै कारण एक जना बालिकाको मृत्युु भएको र एक जनाको स्वास्थ्य जटिल रहेको छ ।
बिरामी बालबालिका तीन वर्ष मुनीका रहेका छन् । उनल सिमकोट गाउँपालिका भरिबाट दैनिक ३० भन्दा बढी बालबालिका निमोनिया र झाडा पखालाका बिरामी आउने गरेको जानकारी दिईन । यसरी बिरामी बालबालिका बढेपछि अस्पतालका शैयाहरु बिरामी र कुुरुवा आमाले भरि भराउ भएका छन् ।
अलि जटिल बिरामी बालबालिकालाई अस्पतालमा भर्ना गर्ने गरेको र सामान्यलाई उपचारपछि घर फिर्ता पठाउने गरिएको छ । अनमी बोहोराले दुुषित पानीको प्रयोग मौसममा परिवर्तन आएको वर्षा हुुँदा चिसो बढ्नुु र आमाले खानापानमा ध्यान नदिएको कारण बालबालिकाको बिरामी सङ्ख्या बढेको बताईन ।
अस्पतालले एक जना सुुत्केरीमा पनि जटिल निमोनियाको फोक्सोमा खरावी आएपछि जिल्ला बाहिर रिफर गरिएको जनाएको छ । अस्पतालले निमोनिया र झाडा पखालाका बिरामी बढे पनि उपचार र औषधीमा भने कुनै कमी हुन नदिएको जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments